
राष्ट्रको गौरव र मर्यादा बढाउन उल्लेखनीय योगदान पु¥याउने महापुरुष एवं साहसी महिलालाई उनीहरूले गरेको योगदानको कदरस्वरूप राज्यले प्रदान गर्ने सर्वोच्च विशिष्ट सम्मान ‘राष्ट्रिय विभूति’ हो । तर, त्यस्ता वीर वीरङ्गनाले राष्ट्रका लागि पु¥याएको योगदान स्वार्थरहित, कुनै जाति, धर्म, सम्प्रदाय, वर्ग एवं समूह विशेषकै आस्थाभित्र सीमित रहनुहुँदैन । राष्ट्रिय गौरव र मर्यादाले आमनेपालीकै अस्तित्व, इज्जत प्रतिष्ठान र सामूहिक भावनालाई सम्बोधन गरेको हुनुपर्छ । त्यस्तो योगदानले मुलुक र मुलुकवासीलाई अन्तर्राष्ट्रिय जगत्मै परिचित गराउँछ । त्यस्तै, गौरवमय कार्य गर्ने वीर पुरुष वा वीरङ्गनालाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।
अहिले हामीले विश्वको एक मात्र स्वतन्त्र राज्यका स्वाभिमानी नागरिकका रूपमा विश्व समुदायसामु शिर ठाडो पार्ने सौभाग्य पाएका छौं । यसको श्रेय विदेशीको अधीनस्त स्वीकार नगर्ने हाम्रै वीर पुर्खालाई नै छ, जसले मातृभूमिको अस्मीता रक्षार्थ प्राण उत्सर्ग गर्न पनि पछि परेनन् । मुलुक रक्षा गर्ने क्रममा हाम्रा अग्रज पुर्खाले दक्षिणको अंग्रेज शासकविरुद्ध सातवटा र उत्तरको चीनसँग दुईवटा भीषण युद्ध लडेर हाम्रो मुलुकको स्वतन्त्र अस्तित्व जोगाएका थिए । अंग्रेजसँग नेपालले लडेका ६÷७ वटा युद्धमध्ये १५ असोज १८२४ भएको सिन्धुलीगढी युद्धले नै नेपालको अतित्व रक्षा गरेको थियो । अन्य युद्धको तुलनामा यस युद्धमा अंग्रेजलाई सबैभन्दा ठूलो क्षति पुगेको थियो । अंग्रेज सेनापति क्याप्टेन किनलकले ल्याएको हतियारधारी २ हजार ४ सय फौजमध्ये १ हजार ६ सयलाई नेपाली योद्धाले युद्धस्थलमै हताहत बनाएर एक थान तोपसहित ३ सय नाल हातहतियार कब्जामा लिएका थिए । बचेका ८ सय सैनिक लिएर क्याप्टेन किनलक फर्कन बाध्य भएका थिए ।
सिन्धुलीगढी युद्धमा रामचन्द्र प्रसाईंं र जयनारायण थापामगरले गैरसरकारी पदाधिकारीकै रूपमा युद्ध लडेका थिए । यसैले रामचन्द्र प्रसाईंंलगायतका सिन्धुलीगढी युद्ध लड्ने नेपाली वीरहरूको योगदानलाई राज्यले कदर गरोस् भन्ने उद्देश्यले राजनीतिज्ञ, समाजसेवी, प्रवुद्ध वर्ग, संघसंस्थाका प्रतिनिधि, राष्ट्रभक्त नागरिक एवं वीर योद्धाहरूकै सन्ततिको सहभागितामा संयुक्त रूपमै विशेष अभियान अगाडि बढाइसकिएको छ । राष्ट्रिय विभूति गोप्य रूपमा घोषणा गर्ने विषय होइन । सबै नागरिकलाई जानकारी हुनैपर्ने यो राष्ट्रिय महत्वको विषय हो ।
स्मरण रहोस्, सिन्धुलीगढी युद्धमा सहभागी हुने राज्य पक्षका सेनापति रामकृष्ण कुँवर र जनसेनापति रामचन्द्र प्रसाईंंलगायतका फौज सञ्चालन गर्ने अन्य सहकमान्डरहरूलाई समेत राष्ट्रिय विभूति घोषणा गरियोस् भनी गएको २१ सदस्यीय सर्वपक्षीय प्रतिनिधिमण्डलले गत २४ वैशाखमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी ततसम्बन्धी सप्रमाणसहित निवेदन संलग्न फाइल पेस गरिसकेको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको सो भेटघाट कार्यक्रममा युद्ध लड्ने जनसेनापति रामचन्द्र प्रसाईं, गोरखाली सेनापति रामकृष्ण कुँवर र जनसेना कमान्डर जयनारायण थापामगरका सन्ततिहरूको पनि उपस्थिति थियो ।
पूर्वसांसद, ज्येष्ठ कम्युनिस्ट मञ्च नेकपा (माओवादी केन्द्र)का अध्यक्ष नन्दकुमार प्रसाईंको नेतृत्वमा गएको २१ सदस्यीय प्रतिनिधिमण्डलमा यो स्तम्भकार रामचन्द्र प्रसाईंका ’boutमा खोज अनुसन्धानकर्ताको हैसियतले सहभागी भएको थियो । गोरखाली सेनापति रामकृष्ण कुँवरतर्फका पूर्वप्राचार्य एवं इतिहासकार राजाराम कुँवर तथा जनसेना कमान्डर जयनारायण थापामगरतर्फका हरिबहादुर थापामगरलगायतका प्रतिनिधिहरूको सहभागिता थियो ।
दूरदर्शी एवं अंग्रेजको विस्तारवादी नीतिविरोधी आदर्श राष्ट्रभक्त नागरिक थिए रामचन्द्र प्रसाईं
रामचन्द्र प्रसाईं को हुन् ? उनलाई जनसेनापति किन भनियो ? उनले सिन्धुलीगढी युद्धमा के योगदान गरेका थिए ? उनको योगदान राष्ट्रिय विभूति घोषणा गर्न लायक थियो कि थिएन ? भन्ने’boutमा धेरैलाई जानकारी नहुन सक्छ । यसर्थ, रामचन्द्र प्रसाईं सम्बद्ध उपरोक्त सवालको जवाफ युद्धपहिले नै राजा पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईंलाई पठाएको तलको जवाफी पत्रले नै दिन्छ । रामचन्द्र प्रसाईंले अंग्रेज फौज आउँदै छ भनी पठाएको सूचनामूलक पत्र प्राप्त भएपछि नै पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईंलाई पठाएको जवाफी पत्रको पूर्ण विवरण यस्तो छ ।
स्वस्ति श्री गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि ज्वलन्त विरुदावली विराजमान श्रीमान महाराजाधिराज
श्री श्री श्री मत्पृथविनारायण साह देवानाम् सदा समर विजयनाम।
स्वस्ति श्री सर्वोपमा जाग्येत्यादि श्री रामचन्द्र पसैंके पूर्वक पत्रमिदं ञाहाँ कुशल तहाँ कुशल चाहिये जेहिते परमानन्दहोइ पत्र आयो अर्थमालुम भयो, आग्ये ञाहाँको समाचार भलो छ उप्रान्त सिधुलीमा फिलुंगी चडछ भन्या फांकि छ कसो गन्र्या हो भनि पठाया छौ भलो भनेऊ ऊ गोरषा नेपाल भंनु येकै हो बेलाका फेरले पेट बस्योत जले पाया पनि आफैमा रहन्या हो ऊ सिधुलीमा फिलुंगी चढ्छ भन्याको निस्तुक हो जयप्रकाशको भरमै आया पनि हिन्दुस्थाना षान्याले नेपाल छाड्ला भन्नुछैन गोर्षा भन्नु नेपाल भन्नु उनै गोरषनाथ हुन त दुवै येकै हुन् फिलुंगी भन्याको व्यांसो हो आज ऊ चढयो भन्या सबैले वांचनु छैन ऊ ठाना पारि धाल्या जातिहोला भनि विंती पारी पठाया छौ आज निगाल्यामा ठानु वा¥या पनि काल्ह भंज्यागमा बलीयो गरी बस्न्या हो तर यानि जानु छैन फिलुंगीले पेटपाउला आफनु पेट कसोग¥या पनि दिनुछैन पेट पायो भन्या थामन गाह्रो पर्ला जयनारानले पुरकोट उंभोका झारा बटुल्या छ तपनि ततिले पुग्न्या होइन अरुभर तीम्रै छ चांडोगरी आफ्नु बलली हाम्रा काजिहरूथ्यै जाव आड बलीयो गरी बनाउन्या हो ऊ दुई हजार रूपया भया आजको काज टर्ला अंन पानी आज पुग्या पनि काल्ह कसो होला जानिसक्नु छैन पुग्दो मिलाव षेत भन्या पनि काजिले सहि हाल्या जति हो मोहर गरीवक्सौला पछि रुपैंया नै भन्छौ त पनि सावा ब्याज सबै सदर ऊ तिमी भन्याका बडा मानिस हौ आज काजिले भन्या जति हो तति पु¥याव ञाहाँबाट पनि अरू भारालाई बिदा गरेऊ तताको भर तीम्रै छ आज तिमीले मिहनत ग¥या पछि तिमीलाई छाडी कल्लाइ गर्नु छ काज पु¥याव विज्ञेषु किमधिकं भाद्र वदि ९ रोज ३ मुकाम कीर्तिपुर शुभम्…..
शुभेक्षा सहित
(शिक्षा मन्त्रालयको पुरातत्व विभागको मुखपत्र, प्राचीन नेपाल नं. 14, 2027, पृष्ठ 60) र शाह अवधि पत्र संग्रह, दोस्रो भाग, पुस्तक नं. 646, राष्ट्रिय अभिलेख।
१७७३ सालमा जन्मिएका रामचन्द्र प्रसाईं, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ७ मुगिटार निवासी नन्दमुनि प्रसाईंका नाति श्रीकृष्णका छोरा थिए । रामचन्द्रले राज्यको कुनै प्रकारको सेवा सुविधा उपभोग गरेका थिएनन्, न त राज्यको कुनै पदीय दायित्वले बाँधिएका व्यक्ति नै थिए । उनी सामान्य नागरिककै हैसियतका तर विचारमा उच्च, दूरदर्शी एवं अंग्रेजको विस्तारवादी नीतिविरोधी आदर्श राष्ट्रभक्त नागरिक थिए । सिन्धुलीगढी युद्धमा राष्ट्रिय अस्तित्व रक्षार्थ रामचन्द्र प्रसाईंले निम्नअनुसारको योगदान पु¥याएको उल्लिखित पृथ्वीनारायण शाहकै पत्रले नै बताउँछ ।
१. जयप्रकाश मल्ललाई सहयोग गर्ने बहानामा उपत्यका कब्जा गर्न अंग्रेज फौज आउँदै छ भनी पृथ्वीनारायण शाहलाई पत्रद्वारै जानकारी गराउने पहिलो व्यक्ति रामचन्द्र प्रसाईं थिए ।
२. आफ्नो क्षेत्रका सम्पूर्ण जनसेना बटुली त्यसको नेतृत्व गर्दै रामचन्द्र प्रसाईं आफैं युद्धमा सहभागी भएका थिए ।
३. रामचन्द्र प्रसाईंले गोरखाली सैन्य शक्तिलाई थप मजबुद बनाउन सहयोग पु¥याएका थिए ।
४. युद्ध लड्ने नेपाल पक्षका सम्पूर्ण योद्धाको रसदपानीको व्यवस्था रामचन्द्रले नै मिलाएका थिए ।
५. पृथ्वीनारायण शाहकै मागनुसार तत्कालै नगद २ हजार रुपैयाँ दिएर रामचन्द्रले सहयोग पु¥याए ।
६. नेपालको भौगोलिक अवस्थानुसारकै युद्धकला अपनाएर युद्ध लड्ने कार्ययोजना तय गर्न गोरखाली सेनापति रामकृष्ण कुँवरलाई रामचन्द्र प्रसाईंले सहयोग गरे ।
७. यदि रामचन्द्र प्रसाईंले पृथ्वीनारायण शाहलाई अग्रिम जानकारी नगराएको भए तथा तत्कालै जनशक्तिलगायत आर्थिक एवं भौतिक सहयोग नपु-याएको भए सम्भवतः गोरखाली सेनालाई मात्रै अंग्रेजलाई परास्त गर्न कठिन पर्न सक्थ्यो ।
जनसेनापतिकै रूपमा रामचन्द्र प्रसाईंं र जयनारायण थापामगरले गोरखाली सेनापति रामकृष्ण कुँवरसँगै युद्ध लडेका थिए
सिन्धुलीगढी युद्ध नेपालको अस्तित्व रक्षार्थ सबैभन्दा चुनौतीपूर्ण युद्ध थियो । यस युद्धमा यदि नेपाल पक्ष पराजित भएको भए राजधानी उपत्यका सहजै अंग्रेजको कब्जामा पर्न सक्थ्यो । किनकि, यो युद्ध नेपाल कब्जा गर्ने अग्रिम सुनियोजित योजनाका साथ अंग्रेजले लडेको युद्ध थियो । अन्य युद्धमा नेपाल पराजित भए पनि भौगोलिक दूरत्वको कारण राधजानी सुरक्षित नै हुन्थ्यो । बीचबीचमा नेपालीले अंग्रेजलाई अवरोध पु¥याउन सक्थे तर सिन्धुलीगढी युद्धमा त्यस्तो अवस्था थिएन । सिन्धुलीगढी युद्ध विजयको अर्को महत्वपूर्ण आधार भनेको यस युद्धमा रामचन्द्र प्रसाईं र जयनारायण थापामगरले संगठित रूपमै रामेछाप र सिन्धुली क्षेत्रका सम्पूर्ण जनसेना उतारेका थिए । जनसेनापतिकै रूपमा जनसेनाका साथ रामचन्द्र प्रसाईं र जयनारायण थापामगरले गोरखाली सेनापति रामकृष्ण कुँवरसँगै युद्ध लडेका थिए ।
राष्ट्रिय अस्तित्व रक्षार्थ यस्तो अविस्मरणीय योगदान पु¥याउने अन्य व्यक्ति नेपालको इतिहासमा अहिलेसम्म देखिएको छैन । यसैले गैरसरकारी पदाधिकारीको हैसियतका युद्ध लड्ने व्यक्तिहरू रामचन्द्र प्रसाईं र जयनारायण थापामगरलगायत सिन्धुलीगढी युद्ध लड्ने राज्यपक्षका सेनापति रामकृष्ण कुँवर, सिकारी वंशु गुरुङ, खजाङची वीरभन्द्र उपाध्याय र काजी वंशराज पाण्डेसमेतले आ–आफ्नो स्थानबाट अपनाएको भूमिका राष्ट्रिय अस्तित्व रक्षार्थ महत्वपूर्ण भएकाले उनीहरू सबैको योगदानको कदरस्वरूप राज्यले राष्ट्रिय विभूति घोषणा गरोस् । यो कुनै समूह विशेषको मात्र होइन आमनेपालीकै इज्जत र प्रतिष्ठासँग जोडिएको मुलुककै गौरव बढाउने सार्वजनिक महत्वको विषय भएरै संयुक्त रूपमा यो प्रक्रिया अगाडि बढाइएको हो ।
पोस्ट राष्ट्रियता, राष्ट्रप्रेम र प्रस्तावित विभूति पहिलो मा देखा पर्यो राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – On-line Nepali Information Portal-Newest Nepali On-line Information portal of Nepali Polities, economics, information, prime tales, nationwide, worldwide, politics, sports activities, enterprise, finance, leisure, photo-gallery, audio, video and extra…।