Home नेपाल समाचार बेथितिलाई थिति ठान्दा समस्या : RajdhaniDaily.com

बेथितिलाई थिति ठान्दा समस्या : RajdhaniDaily.com

0
बेथितिलाई थिति ठान्दा समस्या : RajdhaniDaily.com

अहिले राष्ट्रिय सभाको निर्वाचनका ’boutमा सकारात्मकभन्दा बढी नकारात्मक टीकाटिप्पणी हुने गरेका छन् । राष्ट्रिय सभामा योग्य, विज्ञ तथा समाजका लागि योगदान दिएका व्यक्ति तथा व्यक्तित्वहरू पठाउने संवैधानिक प्रबन्ध छ । तर, दलका शीर्ष नेताहरूले आफ्ना गुटका व्यक्तिहरूलाई पठाउने गरेका छन् । प्रत्यक्ष निर्वाचनमा जनताले हराएका, अयोग्य, बारम्बार सांसद तथा मन्त्री भएका पात्रहरूले अवसर पाएका छन् । २०४८ सालदेखि लगातार सुविधामा डकारेकाहरूले अवसर पाउने तर दलका योग्यहरूले वा समाजका विज्ञहरूले ठाउँ नपाउने विडम्बना छ । राजनीतिक दलभित्र पनि शीर्ष नेताहरूलाई गणेश परिक्रमा नगरेकै कारण अवसर नपाउने अवस्था छ । यो राजनीतिक क्षेत्रको बेथिति हो । यस बेथितिलाई थिति ठान्ने राजनीतिक बुझाइ र अभ्यासका कारण शीर्ष नेतृत्वले सुशासन र विकास दिन सकेनन् ।

मुलुकमा बेथितिका चाङ छन् । नागरिकहरू भन्छन्, ‘सत्ताले सतायो ।’ ठेकेदारहरू भन्छन्, ‘सरकारले विकास निर्माणका लागि समयमै रकम निकासा गर्दैन, कसरी विकास निर्माण कार्य समयमै सम्पन्न हुनसक्छन् ?’ उपभोक्ताहरू भन्छन्, ‘महँगीले आकास छोयो, सरकारलाई वास्ता नै छैन ।’ शिक्षाविद्हरू भन्छन्, ‘राज्यले शिक्षालाई गुणस्तरीय बनाउनसकेन, गरिखाने शिक्षा भएन ।’ उद्योगपतिहरू भन्छन्, ‘मुलुकमा लगानीमैत्री वातावरण छैन ।’ किसानहरू भन्छन्, ‘कृषिप्रधान मुलुकमा सबैभन्दा पीडितहरू भनेका किसानहरू हुन्, राज्यले किसानका समस्या कहिल्यै पनि बुभ्mनसकेन ।’ शिक्षकहरू भन्छन्, ‘हामीलाई निजामतीसरह सुविधा दिन सरकार किन तयार हुँदैन ?’ शिक्षित युवाहरू भन्छन्, ‘राज्यले रोजगारीको सिर्जना गरेन, बिदेसिन बाध्य भइयो ।’ उल्लिखित जनगुनासाहरूको जड प्रजातन्त्र पुनस्र्थापना भएपछि सत्तामा पुगेको नेतृत्व हो । राजनीतिक दलहरू हुन् ।

बेथितिलाई थिति ठान्ने राजनीतिक बुझाइ र अभ्यासका कारण शीर्ष नेतृत्वले सुशासन र विकास दिन सकेनन्

समाजमा असन्तुष्टिहरूका वर्षा गर्नेक्रममा मधेस निवासीहरू भन्छन्, ‘हामीलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरिन्छ ।’ दलितहरू भन्छन्, ‘जातीय विभेदले हामीहरू पीडित छौं ।’ आवाजविहीनहहरू भन्छन्, ‘सरकारले हाम्रा आवाज नै सुन्दैन ।’ तर राजनीतिक दलका कार्यकर्ताहरू भन्छन्, ‘दलका शीर्ष नेता जिन्दावाद † आप्mनो दलको नेताजस्तो अरू दलमा कोही पनि छैन ।’ कार्यकर्ताहरूले शीर्ष नेताहरूलाई कसैले बा भन्छन् त कसैले गणतन्त्रका पिता । कसैले प्रजातन्त्रका सेनानी भन्छन् । नयाँ दलहरूमा पनि आप्mना नेताहरूलाई देवत्वकरण गरेर पद कुम्ल्याउनेहरूको लावालस्कर देखिन्छ । थिति र बेथिति नै छुट्याउन नसक्ने दल, यिनका नेता, कार्यकर्ता र समाजका कतिपय समूहहरूका कारण मुलुक समस्या नै समस्याहरूले घेरिएको छ ।

राजनीतिक दलहरूको बुझाइमा मुलुकमा धेरै परिवर्तन भएको छ । गणतन्त्र आएको छ । जनताले अधिकार पाएका छन् । घरघरमा सिंहदरबार पुगेको छ । ७ सय ६१ वटा सरकार छन् । समावेसी, समानुपातिक, धर्म निरपेक्षता आदि इत्यादिको व्यवस्था गरेर राजनीति दलहरूले ठूलो काम गरेका भाषण पटकपटक आउने गर्छन् । तर, नागरिकका लागि मुलुकमा नातावाद, कृपावाद, तस्करी, कालोबजारी, सामाजिक द्वन्द्व, जातिवाद, वैमनस्य, गरिबी, बेरोजगार, महँगी, भ्रष्टाचार, बेथिति, विसंगति, नश्ल चेतना आदिले मुलुक अस्तव्यस्त छ । यसरी हेर्दा लोकतन्त्र असल व्यवस्था भए तापनि यो तन्त्रका तालुकदारहरूको चिन्तन र कार्यकौशलतामा ‘सर्भिसिङ’ नगरेसम्म नेपाली जनताले अझै दुःख कष्ट बेहोर्नुपर्ने संकेत देखिन्छ ।

बेथितिलाई थिति ठान्दा मेरिटोक्रेसी भाँडमा गयो । राजनीतिमा कुनै सिद्घान्त, निष्ठा, जवाफदेहिता रहेन । सत्ताका लागि राजावादी र माओवादी पनि मिलेका देखियो । कांग्रेस र माओवादीहरू त गठबन्धन नै गरेर निर्वाचनमा गए । माओका चेलाहरूले रूखमा मतदान गरे । बीपीका अनुयायीहरूले हँसिया हथौडामा । दलहरूले यो अस्वाभाविक कर्म किन र केका लागि गरिरहेका छन् ? मुलुक विकासका लागि हो त ? होइन । सुशासनका लागि हो ? अँ हँ यो त झन् हुँदै होइन । ६० को दशकमा एकले अर्काको ज्यान लिने, टाउकाको मूल्य तोक्ने र शत्रु सम्झनेहरूले आज मस्तीका लागि मन र मस्तिष्क जोडेका छन् । गला र कला मिलाएका छन् । यस्तो कर्म राजनीतिक भाषामा बेथिति हो, स्वार्थीकर्म हो, सत्ताको रसपान गर्ने धुत्र्याइँ हो ।

स्वार्थका लागि जस्तोसुकै काम पनि गर्न तयार हुने राजनीतिक क्रियाकलापले नागरिकहरू आक्रोशित छन् । राजनीतिक भागबन्डाको कुरा सुन्दासुन्दा नेपाली समाज वाक्कदिक्क भएको छ । मुलुकमा हुने राजनीतिक नियुक्तिहरूमा नातावाद, कृपावाद, अर्थवादजस्ता कुराहरूले काम गरिरहेको छ । यस्तो बेथिति व्यावस्थापिका, कार्यपालिका, न्यायपालिका, शिक्षा, स्वास्थ्य, सैनिक, प्रहरी, निगम, नियोग आदि इत्यादि ठाउँहरूमा व्याप्त छ । जसका कारण ‘राइट म्यान इन राइट प्लेस’ हुन सकेको छैन ।

दलहरूले सत्ताका लागि साम, दाम, दण्ड, भेद अपनाएको देखिन्छ । नेतागणहरूले मौसमअनुसार रूप रंग फेर्ने गरेका छन् । यिनीहरूमा लोकतान्त्रिक आचरण क्षीण हुँदै गएको छ । दलहरूबीचमा ईष्र्या, डाह, आलोचना र तिरस्कार गर्ने अभ्यास आदतको रूपमा विकास भएको छ । आप्mनो स्वार्थ पूरा नभए ‘मितको टाउको बेलैसरह’ भन्ने लोकोक्ति नेपाली राजनीतिमा चरितार्थ भएको छ । अहिलेको व्यवस्था बेथितिको स्रोत बन्यो ।

प्रदेश सरकारसँग जोडिएको महँगो संरचना यस व्यवस्थाको ठूलो समस्या हो । संघीयताको राम्रो पक्ष भनेको स्थानीय तह हो । स्थानीय तहका ’boutमा कोही कसैको असहमति छैन । विकासमा जनसहभागिताका लागि यो संरचना वैज्ञानिक छ । तथापि, स्थानीय तहहरूमा पनि भ्रष्टाचार र बेथितिहरू व्याप्त छ । स्थानीय तहहरूलाई सुशासित र विकासमैत्री बनाउने, निर्देशन, नियमन र नियन्त्रण गर्ने आधिकारिक संस्था सरकार नै बेथितिलाई थिति ठान्ने निकाय भएपछि स्थानीय तहसम्म यसको प्रभाव परेको अवस्था छ ।

आर्थिक वर्ष जेठ मसान्तलाई मानेर विकास निर्माण गर्दा उत्तम हुन्छ, असारे झरीमा बाटो कालोपत्रे गर्ने काम संस्थागत बेथिति हो

लोकतन्त्रका लागि त्याग र तपस्या गरेका नेताहरू पालैपालो सत्तामा पुगे । तर, सुशासन दिन सकेनन् । पानी जहाज नै नभएको मुलुकमा पानीजहाज कार्यालय स्थापना गरेर गरिब जनताले तिरेको करको दुरूपयोग गर्ने कस्तो मनस्थिति हो ? यो बेथितिको पराकाष्ठा होइन र ? बेथितिकै कारण राजनीति फोहोरी खेल भएको छ । सत्ताका लागि अवसर पाउनासाथ कालेकाले मिलेर खाम भालेको रणनीतिमा सत्ताको उपभोग गर्ने संस्कृति समग्रमा राजनीतिक बेथिति हो, राजनीतिक बेइमानी हो, मुलुक र जनताप्रतिको धोखा हो, बहुलट्ठीपन हो । भूपि शेरचनको कवितामा भनिएझैं घुम्ने मेचमाथि अन्धो मान्छेको रजाइँ हो ।

प्रशासनतन्त्र भोलिवादी प्रवृत्ति हटेको छैन । सेवाग्राहीहरूलाई समयमै सेवा दिन कर्मचारीतन्त्र असफल छ । विकासमा प्रत्यक्ष रूपमा जनसरोकारका कामहरू गर्ने मन्त्रालयहरूबीचमा अन्तरसमन्वय गरी कार्य गर्ने संस्कृति छैन । सार्वजनिक सेवा प्रवाह चुस्त, दुरुस्त र जनमैत्री छैन । राष्ट्रिय गौरवका आयोजनाहरू थलालिङ्गको अवस्थामा छन् । समयभित्र कुनै पनि काम सम्पन्न हुनसक्दैन ।

सुशासन र विकासका दृष्टिकोणबाट हेर्दा यस्तो बेथितिमाथि आँखा चिम्लने राज्य र यसका सम्बन्धित निकायहरू बेथितिका पर्याय हुन् । बेथिति स्थापना गर्ने आप्mना नेताहरूलाई साथ दिएर ताली बजाउने कार्यकर्ता र आसेपासेहरू पनि बेथितिका सर्जक हुन् । सुशासनका बाधक हुन् । राज्य सम्पूर्ण नागरिकको अभिभावक हो भने जनहितमा काम गर्नुपर्छ । मुलुक र जनताप्रति इमानदार, बफादार एवं जवाफदेही हुनुपर्छ ।

मुलुकले हरेक वर्ष भोगिरहेको अर्को बेथिति आर्थिक वर्षको सुरुवात साउनलाई मान्ने र असारमा विकास बजेट सिध्याउने गरिन्छ । हिउँदभरि प्रशासनिक प्रक्रियाहरूमा मुलुकलाई अल्झाएर असार लागेपछि बजेट घोप्ट्याउने काम भइरहेको छ । नेपालजस्तो भौगोलिक अवस्था भएको मुलुकमा विकास निर्माणका कामहरू गर्नका लागि उत्तम समय असोजदेखि जेठसम्मको अवधि हो ।

त्यसैले, आर्थिक वर्ष जेठ मसान्तलाई मानेर विकास निर्माण गर्दा उत्तम हुन्छ । असारे झरीमा बाटो कालोपत्रे गर्ने काम संस्थागत बेथिति हो । त्यसैले, सरकारले महिनौं लाग्ने प्रशासनिक प्रक्रिया, आर्थिक नीति–नियम र विनियमहरूलाई संशोधन गरी छिटो, छरितो बनाओस् । मुलुक र जनहितमा काम गरोस् । विज्ञहरूसँग सहकार्य गरोस् । जनआवाजलाई मार्गदर्शन बनाओस् । लोकतान्त्रिक आचरण र अभ्यासमा अगाडि बढोस् । बेथितिलाई थिति नठानोस् ।

(27 पटक भ्रमण गरिएको, आज 27 पटक भ्रमण गरिएको)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here