Home नेपाल समाचार बुक स्मार्ट भर्सेज स्ट्रिट स्मार्ट : RajdhaniDaily.com

बुक स्मार्ट भर्सेज स्ट्रिट स्मार्ट : RajdhaniDaily.com

0
बुक स्मार्ट भर्सेज स्ट्रिट स्मार्ट : RajdhaniDaily.com

हिजोआज स्मार्ट शब्द निकै चर्चामा छ । प्रायः हरेक मानिस स्मार्ट हुन चाहन्छन् । संघसंस्था तथा कम्पनीले पनि स्मार्ट कर्मचारी काममा लगाउन चाहन्छन् । समाजमा स्मार्टनेसको महत्व बढ्दै गएका कारण कतिपय मानिसले आपूmमा स्मार्टपना देखाउन पनि जानी नजानी स्मार्ट शब्द प्रयोग गरेको देखिन्छ । निर्वाचन ताका अधिकांश उम्मेदवारले स्मार्ट सिटीको खुब भाषण गरेको सर्वविदितै छ । तर, मजाको कुरा के भने अधिकांश मानिसलाई स्मार्टको वास्तविक अर्थ भने थाहा छैन । मानिसलाई के भम्र छ भने जो व्यक्ति देख्नमा सुन्दर र सुडौल छ, उही नै स्मार्ट हो । यो सरासर गलत हो ।

स्मार्टनेसको मतलव सुन्दरता होइन, यसको शाब्दिक अर्थ हो, बुद्धिमान, समझदार, मेधावी, गतिशील, फुर्तिलो, जागरुक, चतुर तथा हाजिरजवाफी । शाब्दिक अर्थमा यस्ता गुण भएको व्यक्ति नै स्मार्ट व्यक्ति हो ।

हिजोआज स्मार्ट शब्दसँग जोडिएर अनेक विशेषण आएका छन् । जस्तो कि स्मार्ट फोन, स्मार्ट सिटी, स्मार्ट कार्ड आदि आदि । बुक स्मार्ट तथा स्ट्रिट स्मार्ट यसका थप उदाहरण हुन् । बौद्धिक जगतमा हिजोआज बुक स्मार्ट तथा स्ट्रिट स्मार्ट’bout बाक्लो बहस हुने गरेको छ । बुक स्मार्टभन्दा स्ट्रिट स्मार्ट उत्तम भन्नेहरू धेरै छन् । के यो सही हो ?

केस नम्बर एक
डा. बाबुराम भट्टराई । नेपाल समाजवादी पार्टीका नेता तथा नेपालका ३५औं भुपु प्रधानमन्त्री । २०११ सालमा गोरखाको खोप्लाङमा जन्मिएका बाबुराम भट्टराई नेपाली राजनीतिमा मात्र होइन, शैक्षिक तथा बौद्धिक वृतमा समेत निकै चर्चित छन् । भोजप्रसाद भट्टराई तथा धर्माकुमारी भट्टराईका दोस्रो सन्तानका रूपमा जन्मिएका भट्टराईको राष्ट्रव्यापी चर्चा त्यत्तिबेला भयो, जब उनी एसएलसीमा बोर्डफस्ट भए । राजनीतिक रूपमा उनले १० वर्षे सशस्त्र विद्रोहमार्फत आफ्नो राजनीति पहिचान बनाएका हुन् ।

मनोवैज्ञानिक रूपमा डा. बाबुराम भट्टराई एक बौद्धिक तथा उच्च आईक्यू भएका व्यक्ति हुन् । उनको स्मरणशक्ति पनि निकै तेज छ । स्कुल तथा क्याम्पसमा उनी सधैं प्रथम आउनुले पनि यस कुरालाई प्रमाणित गर्छ । तर, उनी राजनीतिक क्षेत्रमा एक सफल नेताका रूपमा स्थापित हुन सकेका छैनन् । उनको पढाइ र कामलाई लिएर नेपालमा एउटा लोकोक्ति नै बनेको छ, पीएचडी बाबुरामभन्दा तीनपटक एसएलसी फेल हरिवंश उत्तम ।

केस नम्बर दुई
हरिवंश आचार्य एक लोकप्रिय अभिनेता । नेपालका सर्वश्रेष्ठ हास्य कलाकार । पढाइलेखाइमा गोबरगणेश कहलिए पनि अभिनय तथा गायनमा उनि धेरै कुशल र अब्बल छन् । मदन कृष्ण श्रेष्ठसँगको उनको अद्भुत केमिस्ट्रीले मह जोडी नेपाली आकाशको तारा भएको छ । हरिवंश आचार्यलाई सानैदेखि पढाइलेखाइमा खासै रुचि थिएन । उनी पढाइलेखाइमा निकै कमजोर थिए । उनी एकपटक होइन, तीन÷तीनपटक एसएलसीमा फेल भएका थिए । र, चौथोपटकको प्रयासपछि थर्ड डिभिजनमा बल्लबल्ल एसएलसी पास भएका थिए ।

यी दुई स्मार्ट तस्बिर अहिले हाम्रो सामु जीवित छन् । जिज्ञासाको प्रश्न के भने कक्षा एकदेखि नै प्रथम भएका र विद्यावारिधि समेत गरेका निकै मेधावी डा. बाबुराम भट्टराईले किन आफ्नो पेसा तथा राजनीतिमा जुन स्थान बनाउनुपथ्र्याे त्यो बनाउन सकेनन्, केवल एक विद्धान् नेता मात्रका रूपमा मात्र सीमित रहे भने अर्कोतिर पढाइलेखाइका दृष्टिले गोबरगणेश हरिवंश आर्चायले यति ठूलो सफलता र लोकप्रियता कसरी प्राप्त गरे ?

हो, यस कुरामा कनै सन्देह छैन, दुवै स्मार्ट व्यक्ति हुन् । तर, यहाँ उल्लेखनीय कुरा के भने स्मार्टनेसका दृष्टिमा डा. बाबुराम बुक स्मार्टका उदाहरण हुन् भने हरिवंश स्ट्रिट स्मार्टका उदाहरण हुन् । सामान्य शब्दमा भन्ने हो भने उच्च शैक्षिक योग्यता हासिल गरेका पढाइया व्यक्ति, जसले कठिन परिस्थितिमा निर्णय लिनुपर्दा तथ्यबाट, किताबबाट र पढाइलेखाइबाट प्राप्त ज्ञानका आधारमा गर्छन्, भने त्यस्ता व्यक्तिलाई बुक स्मार्ट भनिन्छ । अर्कोतिर व्यवहारमा कुनै काम कुरा कसरी गरिन्छ वा गर्न सकिन्छ भन्ने व्यावहारिक समझदारी भएका व्यक्तिलाई स्ट्रिट स्मार्ट भनिन्छ । छोटो शब्दमा भन्ने हो भने किताबबाट भन्दा पनि व्यावहारिक जीवनबाट तथा व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान नै स्ट्रिट स्मार्ट हो ।

साधारणतया आईक्यू बढी भएका व्यक्ति बुक स्मार्ट हुने गर्छन् भने ईक्यू बढी भएका व्यक्ति स्ट्रिट स्मार्ट हुने गर्छन् । हो, यस कुरामा कुनै सन्देह छैन कि स्मरणशक्ति तथा आईक्यू बढी भएको व्यक्तिले पढाइलेखाइमा राम्रो गर्न सक्छ । डा. बाबुरामले जस्तो उच्च शैक्षिक योग्यता हासिल गर्न सक्छन् । तर, आईक्यू बढी भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गरेका सबै व्यक्तिले उच्च पेसागत दक्षता प्रदर्शन गर्छन् भन्ने छैन । उच्च पेसागत दक्षताका लागि ईक्यू बढी हुन आवश्यक छ ।

आईक्यूले शैक्षिक परीक्षामा राम्रो अंक दिलाउँछ जबकि ईक्यूले जीवनको परीक्षामा राम्रो अंक दिलाउँछ । मनोविज्ञानको दाबी छ कि जीवनमा २० प्रतिशत सफलता आईक्यूका कारण हुन्छ भने ८० प्रतिशत सफलतामा ईक्यूका कारण हुन्छ । त्यसैले मानिसको जीवनमा आईक्यूभन्दा बढी महत्वपुर्ण हुन्छ, ईक्यू (इमोसनल कोसेन्ट अर्थात् भावनात्मक बुद्धिमत्ता), स्मरणशक्तिभन्दा बढी महत्वपूर्ण हुन्छ, बौद्धिक स्मरणशक्ति (इन्टेलिजेन्स मेमोरी) ।

आफ्नो क्षमता र अरूको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि होसहवास नछोड्ने, कठिनाइमा अवसर खोज्न सक्ने, आफूलाई आफैंले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाको तालमेल गर्न सक्ने खुबी नै भावनात्मक बुद्धिमत्ता हो ।

प्रसिद्ध लेखक तथा जीवनमा भावनात्मक बुद्धिमत्ताको महत्व विषयमा वर्षांैदेखि शोध गर्दै आएका शोधकर्ता प्रा. डेनियल गोलमैनको भनाइ छ, बुद्धिमत्ता समर्थता त्यो अश्वशक्ति हो, जसले मानिसको मस्तिष्कलाई सफलताको चुचुरोमा पुग्ने आत्मविश्वास, शक्ति र सामथ्र्य दिन्छ । बुद्धिलब्धि (आईक्यू) ठूलाठूला शैक्षिक योग्यता तथा प्राविधिक विशेषताभन्दा बढी महत्वपूर्ण हुन्छ, भावनात्मक बुद्धिमत्ता ।

आधुनिक समाजमा भावनात्मक बुद्धिमत्ताको झनै ठूलो महत्व छ । त्यो ’trigger ईक्यू बढी भएका व्यक्ति नै अगाडि बढ्दै जान्छन्, समस्यालाई खुड्किलो बनाउँदै मास्तिर चढ्छन् तर ईक्यू कम भएका व्यक्तिको जीवन समस्या गन्नमा नै कट्छ । अर्को कुरा ईक्यू कम भएका व्यक्तिमा बढी मानसिक समस्या देखिने गर्छ । त्यसैले हरेक मानिसले जीवन सफल र स्वस्थ बनाउन आपूmमा ईक्यू दक्षता विकास गर्न आवश्यक छ । ईक्यू दक्षताले मानिसको जीवन प्रभावशाली हुने सम्भावना बढ्छ ।

पुछारमा
अतः आईक्यू बढी भएको व्यक्ति बुक स्मार्ट हो भने ईक्यू बढी भएको व्यक्ति नै स्ट्रिट स्मार्ट हो । आईक्यू र ईक्यू दुवै भएको व्यक्ति महामानव हो । नेपाली राजनीतिमा अहिलेसम्म आईक्यू र ईक्यू दुवै भएका केवल एक राजनीतिज्ञ जन्मिएका छन्, उनी हुन्, बीपी कोइराला । बीपी कोइरालाबाट कांग्रेसले मात्र होइन, पूर्वाग्रहबाट माथि उठ्ने हो भने गैरकांग्रेसले धेरै सिक्न सक्छन् । शान्ति र समृद्धिका लागि बीपी कोइराला सर्वश्रेष्ठ रोलमोडल हुन् ।

(७ पटक भ्रमण गरिएको, आज ७ पटक भ्रमण गरिएको)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here