
गत ९ माघमा आयोजित २३औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित विशेष समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरीले २०६४ सालको निर्वाचनमा निभाएको नेतृत्वदायी भूमिका तथा २०७०, २०७४ र २०७९ सालमा सम्पन्न तीनै तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन महŒवपूर्ण भूमिका खेलेको भनेर धन्यवाद मात्रै दिएनन्, २०७२ सालको महाभूकम्प तथा पछिल्लो समय बझाङ, जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पलगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानव सिर्जित विपद्मा बहादुरीपूर्वक खटिएर जनताको जीवन रक्षामा पु¥याएको योगदानको पनि प्रशंसा गरे । प्रधानमन्त्री प्रचण्डले मुलुकको सीमा सुरक्षार्थ समर्पित फौजका रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलताका वाबजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएका सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवकहरूको योगदान धेरै नै महŒवपूर्ण रहेको बताएको सो कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सीमा सुरक्षा र विपद् व्यवस्थापनलगायतमा सशस्त्र प्रहरीले उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गरेका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले धन्यवाद ज्ञापनका क्रममा नेपालको भौगोलिक सीमाको सुरक्षार्थ आफ्नो भूगोल छाम्दै नागरिकको उद्धारमा क्रियाशील रही संगठनले आफ्नो उद्धारका हातहरू सेती नदीको खोंचदेखि गोकियो हिमतालको बीच भागमा मात्र नभई भूकम्पको भग्नावशेष, बाढीपहिरो, विपद् प्राकृतिक घटनाहरूसम्म पुगेको र आगामी दिनमा पनि पुग्न हरदम तत्पर रहेको बताएका थिए । उनले आवश्यकता र अपरिहार्यताको विश्लेषण गरी संगठनको मौजुदा जनशक्तिबाट नै परिचालित हुनेगरी भूकम्पका लागि ‘अर्थ क्विक डेडिकेटेड’ कम्पनी स्थापना गरी सञ्चालनको तयारीमा रहेको बताएका थिए ।
२३औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले त्यसबेला विपद् व्यवस्थापन र सीमा सुरक्षाको विषयलाई आफ्नो सम्बोधनका क्रममा विशेष चर्चा गरिरहँदा कार्यक्रममै रहेका पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतको मुहार भने थप उज्यालिएको थियो । उनको मुहारमा खुसी नछाओस् पनि किन ? सशस्त्र द्वन्द्वको अन्त्यपछि सशस्त्र प्रहरी बलको आगामी भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला बस्नेत ‘नेपाल प्रहरीको आफ्नै नियमित कार्य रहेको र सेना अन्तिम शक्ति भएको’ यथार्थता बुझेर आफू हिँड्ने सही गन्तव्य आफैंले पहिल्याउँदै त्यहीअनुसार अघि बढेका थिए ।

संगठन प्रमुखको हैसियतमा उनले सशस्त्रको अबको ध्यान विपद् व्यवस्थापन र सीमा सुरक्षामा केन्द्रित हुनुपर्ने भन्दै त्यसैअनुरूप संगठनलाई अगाडि बढाएका थिए । त्यसैले भन्नैपर्छ, विपद् व्यवस्थापन र सीमा सुरक्षाका विषयमा सशस्त्र प्रहरी बलले जति सफलता हासिल गरेको छ, त्यसको श्रेय उनै बस्नेतलाई जान्छ ।
आईजीपीमा बहाली
हुनासाथै विपद्पीडित जनतालाई प्रत्यक्ष सेवा पु¥याउन दक्ष जनशक्ति उत्पादन गरी कार्यक्षेत्रमा परिचालन गर्ने तथा सीमा सुरक्षालाई समयानुकूल व्यवस्थित गर्ने उपाय खोजी गर्दै कार्यान्वयन गर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएका बस्नेतले आफूले पदभार सम्हाल्नासाथ यीलगायतका क्षेत्रमा प्रशस्त सुधार गरे । चितवनको कुरिनटारमा रहेको सशस्त्रको त्यस बेलाको बेस क्याम्पलाई तालिम केन्द्रमा रूपान्तरण गर्दै संगठनमै पहिलोपटक विपद् व्यवस्थापन तालिम सुरुवात गरे । उनकै पहलमा सरकारी लगानीबिनै आन्तरिक स्रोतबाट कुरिनटारको तालिमकेन्द्र स्थापना
गरिएको थियो
आईजीपीमा बहाली हुनासाथै विपद्पीडित जनतालाई प्रत्यक्ष सेवा पु¥याउन दक्ष जनशक्ति उत्पादन गरी कार्यक्षेत्रमा परिचालन गर्ने तथा सीमा सुरक्षालाई समयानुकूल व्यवस्थित गर्ने उपाय खोजी गर्दै कार्यान्वयन गर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएका बस्नेतले आफूले पदभार सम्हाल्नासाथ यीलगायतका क्षेत्रमा प्रशस्त सुधार गरे । चितवनको कुरिनटारमा रहेको सशस्त्रको त्यस बेलाको बेस क्याम्पलाई तालिम केन्द्रमा रूपान्तरण गर्दै संगठनमै पहिलोपटक विपद् व्यवस्थापन तालिम सुरुवात गरे । उनकै पहलमा सरकारी लगानीबिनै आन्तरिक स्रोतबाट कुरिनटारको तालिमकेन्द्र स्थापना गरिएको थियो । सशस्त्र प्रहरी कर्मचारीले बंगलादेशबाट गोताखोर तालिम गर्ने कार्यको सुरुवात बस्नेतकै पालामा भएको हो । त्यसबेला उनले २५ जनालाई गातोखोर तालिम गर्न बंगलादेश पठाएका थिए । अहिले मुलुकभर झन्डै सय जना गोताखोर सशस्त्रले उत्पादन गरिसकेको छ ।
बंगलादेशसँग समन्वय गरी दातृ निकायको लगानीमा गोताखोर उत्पादन भएको बताइरहँदा बस्नेतमा खुसीको सीमा थिएन ।
सो तालिम केन्द्रले आजका दिनसम्म आइपुग्दा मुलुकका सबै प्रदेश हुँदै विभिन्न जिल्लामा समेत उद्धारकर्मी उपलब्ध गराउन सफल रहेको छ । र, विस्तारको क्रम यद्यपि जारी रहेको छ ।
सशस्त्र प्रहरीले पहिलोपटक विपद् व्यवस्थापन तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरेको खुसियालीमा तत्कालीन आईजीपी बस्नेतले सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमपछि गफिँदै भनेका थिए, ‘नेपालमा छिट्टै भूकम्प जान्छ, त्यसैले पनि हामीले जतिसक्दो चाँडो उद्धारकर्मी उत्पादन गर्नुपर्छ, अन्यथा ठूलो क्षति पुग्छ ।’
संयोग पनि कस्तो भने मुलुकले उनले भनेजस्तै ५ वर्षमै महाभूकम्प झेल्नुप¥यो । झन्डै ९ हजारले ज्यान गुमाए । हजारौं घाइते भए ।
बस्नेतले गरेको त्यो प्रयासले २०७२ सालको भूकम्पसम्म आइपुग्दा सशस्त्र प्रहरीले यथेष्ट उद्धारक उत्पादन गरिसकेको थियो । ती उद्धारककै कारण त्यसबेला सशस्त्रको चर्चा स्वदेश तथा विदेशमा भएको थियो, जुन आजपर्यन्त कायमै छ ।
भूकम्पका बेला सशस्त्र प्रहरीले गरेको साहसिक उद्धारका ’boutमा प्रश्न गर्दा पूर्वआईजीपी बस्नेतले भने, ‘कुरिनटारमा त्यो तालिमको सुरुवात गरेर वास्तवमै असल काम गरिएछ, हामीले विपद्को अनुमान गरेका थियौं, उद्धारका लागि तयारी गर्नुपर्छ भन्ने ठानेका थियौं, त्यहीबमोजिम हतारहतारमै भए पनि त्यो काम गरेको थिएँ, वास्तवमै अलौकिक काम गरिएछ ।’
विपद् व्यवस्थापनसँगै सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी ऐनले नै सशस्त्रलाई सुम्पिएको थियो । तर, सीमाको नियम, कानुन, प्रचलनलगायतका आवश्यक ज्ञान संगठनलाई थिएन । सशस्त्र द्वन्द्व सकिएको थियो । सम्पूर्ण रूपमा द्वन्द्वमा केन्द्रित सशस्त्र प्रहरी बलले आगामी दिनका लागि बाटो नभेटिरहेको अवस्थामा उनले अगाडि सारेको गोताखोर उत्पादनसँगै सीमा सुरक्षाको कार्यलाई लयमा ल्याउन कोसिस गरे । यसका लागि आफू आईजीपी भएलगत्तै सरकारसँग समन्वय गरी सीमासँग सम्बन्धित नेपालका सम्पूर्ण निकायहरूलाई एकै थलोमा भेला गर्दै सीमा सुरक्षा गोष्ठीको आयोजना गरे । सेना प्रहरीका साथै नापी विभाग एवं सीमा क्षेत्रका विज्ञ एवं सशस्त्र प्रहरीको बाहिनी, तालिम केन्द्र तथा गण गुल्मका प्रमुखहरूलगायतका निकायको उपस्थितिमा सम्पन्न सो गोष्ठीबाट ठोस निर्णय निकाल्दै बस्नेतले तत्कालीन सरकारलाई सीमा सुरक्षाका क्षेत्रमा ठोस सुझाव दिएका थिए । यसबाट सीमा क्षेत्रमा परिचालित फौजलाई कानुनसम्मत ढंगले परिचालन हुन ज्ञानमा अभिवृद्धिसँगै सीमाक्षेत्रको चासोलाई नियामक निकाय सबैको चासोका रूपमा रूपान्तरण गर्न सफल भए । जुन सुझावलाई अहिले पनि सीमा सुरक्षाका क्षेत्रमा कोसेढुंगाका रूपमा लिइन्छ । बस्नेतले भने, ‘सीमा सुरक्षामा उल्लेख्य कार्य भएका छन् ।’

नेपाली सेनाबाट आई सशस्त्र प्रहरी बलको नेतृत्वमा पुगेका बस्नेतको कार्यकाललाई संगठनमा थिति बसाल्ने एवं नागरिक हितमा संगठन समर्पणको विकास एवं विस्तारमा उल्लेख्य प्रगति भएको समयका रूपमा लिइन्छ । आईजीपी हुनासाथै संगठनमा सुधारका कार्यक्रम ल्याई आफूमातहतको पुरै फौजलाई नागरिक हित एवं सेवा र सुरक्षामा केन्द्रित रहन आन्तरिक सर्कुलर एवं निर्देशनका माध्यमबाट प्रशिक्षित गरेका तत्कालीन आईजीपी बस्नेतले अन्ततः पुरै फौजलाई नागरिक हितको बाटोमा डो¥याउन सफल भएका थिए ।
आफ्नो जुनसुकै निर्देशन सम्बोधनमा बस्नेत भन्थे, ‘नागरिकले कर तिरेको रकमले पालिएका हामी सुरक्षाकर्मीले जहिले पनि नागरिकको हितलाई पहिलो प्राथमिकतामा राखेर जनचाहनाअनुरूपको कार्यशैली अपनाई राज्यले सुम्पिएको दायित्व निर्वाहमा
समर्पित रहनुपर्छ ।’
तत्कालीन आईजीपी बस्नेतको कार्यकाल संगठनले कसरी नागरिकलाई सेवा एवं सुरक्षा पु¥याउने भन्नेमै केन्द्रित रह्यो । यसैगरी, सीमा सुरक्षालाई व्यवस्थित र समयानुकूल बनाउन संगठनले गर्नुपर्ने योगदान, कार्यालय विस्तार एवं दक्ष जनशक्ति उत्पादनमा उनले आफ्नो कार्यकालमा प्रशस्त योगदान पु¥याए ।
यूएन मिसन छनोट कार्यमा बस्नेतले कोटा प्रणालीको अन्त्य गर्दै निर्देशिका नै जारी गरेर निष्पक्ष छनोट प्रणालीको शुभारम्भ गरेको सम्झनेको संख्या संगठनमा ठुलै छ । कुनै दबाब र प्रभावबिनै छनोट कार्य सुरु भएपछि आफ्नो ‘मिसन’को पालो थाहा पाउनसक्ने प्रणालीको विकास भयो । सो निर्देशिका परिमार्जन हुँदै आजको दिनमा आइपुग्दा त्रुटीको अंश न्यून छ ।
‘विगतमा मिसनमा छनोटका लागि दबाब आइरहने, कोटाबमोजिम र भनसुनमा पठायो भने राम्राहरू छुट्ने र त्यसले राम्राहरूको मनोबलमा असर पार्ने, नपठायो प्रेसर थेग्न गाह्रो,’ बस्नेतले स्मरण गरे । यस्तै खालका निर्देशिका अहिले अन्य सुरक्षा निकायले पनि कार्यान्वयनमा ल्याएका छन् ।
विदेशी सुरक्षाकर्मीको काम कारबाहीको शैली’boutसमेत जानकार उनले आफूले विदेशमा गरेका आधारभूत एवं उन्नत तालिमको स्मरण गर्दै त्यसबेला आगलागी नियन्त्रणमा खटिने सुरक्षाकर्मीले आगोको अवस्था तथा हावाको दिशा’bout पनि जानकारी राख्नुपर्ने, अन्यथा उद्धारकर्मीतर्फ नै क्षति पुग्ने भएकाले कामअनुरूपको तालिम अपरिहार्य रहेको चर्चा गरे ।
सशस्त्र प्रहरी कर्मचारीले जागिरबाट राजीनामा दिनेक्रम बढेको देखेर तत्कालीन आईजीपी बस्नेतले यसलाई नियन्त्रण गर्न मनोभावनामा परिवर्तन ल्याउन जरुरी रहेको महसुस गरे । उनले जागिरलाई सेवा गर्ने अवसरका रूपमा लिन सशस्त्र प्रहरी कर्मचारीलाई मानसिक रूपमा परिवर्तन गर्न सफल भए । उनी भन्थे, ‘मान्छेले समाज सेवा मात्रै त गरिरहेका छन् तर हामीले त सेवा गरेबापत राज्यबाट तलब तथा खाने व्यवस्था र बस्ने ठाउँ पाएका छौं ।’
उनले सशस्त्र प्रहरी कर्मचारी लक्षित कल्याणकारी प्याकेज घोषणाको सुरुवात गरी निराशामा रहेका आफ्ना राष्ट्रसेवकमा आशाको दियोसमेत जगाए । जुन प्याकेज घोषणा कार्य सशस्त्र प्रहरीमा यद्यपि कायमै छ । आईजीपी हुनासाथै मातहत युनिटहरूको निरीक्षण भ्रमणमा निस्किएका तत्कालीन आईजीपी बस्नेतले महँगा होटलमा सुविधा लिएर बस्ने प्रचलनलाई विस्थापित गरी ब्यारेकभित्रै खानेबस्ने कार्यको सुरुवात गरे । यसमा उनको आफ्नै तर्क छ, ‘ब्यारेकभित्रै आईजीपी बस्दा त्यहाँको फौजको मनोबल उच्च रहन्छ अनि त्यहाँको रहनसहन तथा जवानको समर्पण एवं सुविधा र समस्यालगायत जानकारी पाउन पनि सजिलो हुन्छ ।’
सशस्त्र द्वन्द्वको समयमा पटकपटक विस्फोटनमा पर्दासमेत कर्तव्य निर्वाहमा नचुकेका बस्नेत विकट गाउँ खोटाङको सापातेलबाट जागिरको खोजीमा काठमाडौं आएको तथा त्यसबेला भर्ना खुलेको संजोग परेको थियो ।
नेपाली सेनाको ‘सेकेन्ड लेफ्टिनेन्ट’बाट सेवा प्रवेश गरेका उनी द्वन्द्व चरम उत्कर्षमा पुगेका बेला गठन भएको सशस्त्र प्रहरी बललाई आफ्नो विज्ञता उपयुक्त हुने र मुलुकका लागि केही गर्न सकिने आत्मविश्वासका साथ स्वेच्छाले सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।
२८ महिने आफ्नो कार्यकाललाई सम्झिँदै बस्नेतले भने, ‘मेरो समयमा आफ्नो दायित्व इमानदारिताका साथ पूरा गरेंजस्तो लाग्छ, मैले एउटा राम्रो टिम बनाएको थिएँ, त्यस टिमले धेरै काम गरेको थियो । अप्ठेरो पर्दा मेरो आदेश भनिदिनू, असल नियतले गरेको कामको जिम्मा मेरो भो भनेको थिएँ, त्यसले पनि कामको रफ्तार बढेको जस्तो लाग्छ, समग्रमा मेरो कार्यकाल मुलुक र जनताको हितमा परिलक्षित गरी हामी अगाडि बढेका थियौं ।’
(१७१ पटक भ्रमण गरिएको, आज १७१ पटक भ्रमण गरिएको)