Home नेपाल समाचार फाटेको मन जोड्ने पर्व : RajdhaniDaily.com

फाटेको मन जोड्ने पर्व : RajdhaniDaily.com

0
फाटेको मन जोड्ने पर्व : RajdhaniDaily.com

दैलेख (गडाजिउला) फरक जाति, फरक वेशभूषामा रहेका राउटे समुदायले माघेसंक्रान्तिलाई महान् पर्वका रूपमा मनाउँछन् । माघी पर्वको रौनक तीन दिनदेखि एक सातासम्म रहने गर्छ । माघीलाई त्यस समुदायले मेलमिलाप पर्वका रूपले लिने गरेका छन् ।

माघी पर्वमा उनीहरू एक घरदेखि पर्वको खानपिन सुरु गर्दै सबै घरमा नाचगान गर्ने गर्छन् । एक महिना अघिदेखि काठको ‘झुमा’मा कुहाएको अन्न पिउँदै ‘लणी’ गीत गाउँदै सबैसँग खुसी साटासाट गर्ने चलन पुर्खादेखि चल्दै आएको हो । एकघर हुँदै सबै घरमा माघेसंक्रान्ति मनाउँदै, गीत गाउँदै र खानपिन र नाचगान गर्दै जाने हुनाले मन फाटेकाको समेत मन मिल्ने हुनाले यस जातिले माघीलाई मेलमिलापको पर्व भन्ने गरेका छन् ।

कन्दमूल, गुना, बाँदर, कुकाठबाट जीविकोपार्जन गर्दै आएका यस समुदायले माघी पर्व धुमधामसँग मनाउने गर्छन् । कुल देवताको पूजा गर्ने, नाचगान गर्ने, नुहाउने, कपडा धुने, बालबालिकाको कपाल खौरिने गर्छन्

माघीमा सबै खुसी हुन्छन्, झैझगडा हुँदैन, नाचगान गर्छन् । गैरराउटेलाई माघीको दिन बस्ती छिर्नसमेत बन्देज लगाउँछन् । गैरराउटेले माघी पर्वमा मिठो खानेकुरा पकाएर मनाए पनि नेपालको सम्पदा कर्णालीको गहना मानिने राउटे समुदायले भने फरक किसिमले माघी मनाउने गर्छन् । राउटेले कन्दमूल, बाँदर, गुनाको सिकार गरी अन्य चाडपर्व मनाए पनि माघी पर्वमा उनीहरू सेलरोटी पकाएर देवी देवताको पूजाआजा गर्ने गर्छन् ।

एक महिनाअघि काठबाट बनाइएको झुमामा चामल कुहाएर जाँड पिउने गर्छन् । माघी पर्व राउटे समुदायको ठूलो चाडपर्व मानिन्छ । गैरराउटेले आगो तापेर तरुललगायत विभिन्न मिठो खानेकुरा पकाएर मनाए पनि कन्दमूल, गुना, बाँदर, कुकाठबाट जीविकोपार्जन गर्दै आएका यस समुदायले माघी पर्व धुमधामसँग मनाउने गर्छन् । कुल देवताको पूजा गर्ने, नाचगान गर्ने, नुहाउने, कपडा धुने, बालबालिकाको कपाल खौरिने गर्छन् । गैरराउटेले पुसको चिसो हटाउनका लागि रातभरि आगो तापेर रात कटाउने गर्छन् भने राउटेहरू नाचगान गरेर रातभरि जाग्राम बस्छन् । एक महिना अघिदेखिको काठको भाँडा झुमाभित्र चामलको अन्न कुहाएर जाँड बनाउने गरिन्छ ।

माघी पर्वका दिन अत्यधिक जाँड सेवन गर्दा २०७० सालमा राउटेका मुखिया वीरबहादुर शाहीका जेठो छोरा कपिल शाही अछामको तुर्माखाँद गाउँपालिकामा आगोमा जलेर घाइते भएका थिए । शाहीको मुत्यु भइसकेको छ ।

राउटे समुदायले स–साना बालबालिकालाई कुनै रोग बिमार र बेथा, भूतप्रेत नलागोस् भनेर घरमा जति बालबच्चा छन्, त्यति नै कुखुराका साना चल्ला गाउँबाट खोजेर चल्ला र कुभिण्डोको बलि दिने गर्छन् भने ठूला मान्छेलाई पनि त्यस्तो नहोस् भनेर बाख्रा बलि दिने गर्छन् । माघी पर्वमा बढी बलि दिए देवी देउता खुसी हुने यस समुदायको बुझाइ रहेको छ । माघीमा राउटेले मष्टो देवताको पूजाआजा गर्छन् ।

तर, गाउँघरका कतिपय मानिस भने राउटेले देवीदेवतालाई बलि दिने चल्ला, कुखुरा, खसी माघ महिनापछि नखाने हुँदा अघिल्लो दिन नै बलि दिने गरेको बुद्धिजीवीको ठम्याइ छ ।

राउटेहरू वर्षको एकपटक माघी पर्वमा नुहाउने गर्छन् भन्ने गैरराउटेको भनाइको खण्डन गर्छन् । ‘यतिका दिनसम्म कोही ननुहाएर बस्नसक्छ ? गाउँका मान्छे क्या भन्छन् भन्छन्, देखेको छैन, सुनेको कुरा मात्र भन्छन्, पहिला हामीलाई गैरराउटेको बच्चा लिएर पूजाआजा गर्छन् भन्थे, त्यो कतै देख्नुभयो त ? मान्छेको बलि खाने देउता हुन्छन्,’ कहिल्यै नमाझेका पहेंला दाँत देखाउँदै मुखिया वीरबहादुर शाहीले भने, ‘आँखाले देखेको र गोडाले टेकेको कुरा मात्र विश्वास गर्नुपर्छ, सुनेको कुराको पछि लाग्नुहुँदैन ।’

नेपालको एक मात्र विशिष्ट पहिचान बोकेको यस समुदायमा एकआपसमा गोप्यता छैन, धनसम्पत्ति कमाउने लोभ छैन, जातीय विभेद छैन, वर्ग विभाजन पनि छैन । यही फरक संस्कृतिबाट नै राउटेले आफ्नो पहिचान दिन थालेका हुन् । पुसको कठ्याँग्रिने जाडोमा शीतलहरले मानिसले मृत्युवरण गर्नुपरे पनि राउटेमा जाडोमा कठ्याँग्रिएर कोही मरेका छैनन् । जाडो छैन ? भन्दा राउटेका अगुवा भन्छन्, ‘लुगा छ जाडो छैन, लुगा छैन जाडो छ ।’

राउटेहरू आफ्नो परम्पराको निरन्तरता कायमै राख्न वर्षाैंदेखि प्रकृतिसँग निरन्तर संघर्ष गरिरहेका छन् । १ सय ४१ जना रहेको यो समुदाय आजभोलि दैलेख भैरवी गाउँपालिका–४ को गडाजिउला खेतबारीमा बसोबास गरिरहेको छ ।

(३९ पटक भ्रमण गरिएको, आज ३९ पटक भ्रमण गरिएको)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here