Home नेपाल समाचार तपाईंको पेट सफा छ भने, सबै ठीक छ: RajdhaniDaily.com

तपाईंको पेट सफा छ भने, सबै ठीक छ: RajdhaniDaily.com

0
तपाईंको पेट सफा छ भने, सबै ठीक छ: RajdhaniDaily.com

शिक्षकले एक मेधावी विद्यार्थीलाई सोधे, कोर्टेक्स १ भन त आनन्द कहाँ छ ? कोर्टेक्स उठेर मुसुमुसु हाँस्दै भन्यो, सर १ हामी बालबालिकाको आनन्द खेलकुदमा छ । अनि हजुर जस्ता पाका मानिसको आनन्द ट्वाइलेटमा छ । कोर्टेक्सको जवाफ सुनेर कक्षाकोठामा हाँसोको फोहोरा फुट्यो । शिक्षक पहिला त झनक्क रिसाए । अनि सोचमग्न भए । मनमनै भने, कोर्टेक्सले बिलकुल ठीक भनेको छ । बिहान ट्वाइलेटमा मजासँग पेट साफ भयो भने त्यसको आनन्द पेट साफ हुनेलाई थाहा हुन्छ । पेट साफ त सबकुछ ठीकठाक ।

स्वास्थ्य र पेट
पेट शरीरको त्यो भाग हो, जहाँ हामीले खाएका खानेकुरा भण्डारण हुन्छ । जब पेट खराब छ भने खाएको खानेकुरा पचाउन सकिँदैन । खानेकुरा राम्ररी पचेन भने शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । कमजोर पाचनतन्त्रको कारण खानेकुरा पचाउनमा मात्र समस्या हुने होइन, शरीरको प्रतिरोधी प्रणाली पनि गडबड हुन्छ । यसले गर्दा शरीरमा विषाक्त पदार्थ बढ्छ र शरीर अस्वस्थ हुन पुग्छ । अनि पेट गडबड हुने, वाकवाक हुने, दुख्ने, कब्जियत हुने, दिसामा खलास नहुने, पखाला लाग्नेजस्ता अनेक किसिमको समस्या देखापर्छन् । जबकि, पेट सफा र स्वस्थ छ भने शरीर मात्र होइन कि मनसमेत निरोगी हुन्छ । शरीरमा चुस्ती स्फुर्ती आउँछ ।

राति मस्तसँग गाढा निद्रा लाग्नु, बिहान उठेपछि आरामसँग एकैपटकमा पेट सफा हुनु र दिनभरि चुस्तीपूmर्ती रहनु नै स्वस्थ मन र स्वस्थ शरीरको संकेत हो । त्यसैले पेटको समस्या नजरअन्दाज गर्नुहुँदैन । तर, हिजोआज अधिकांश नेपाली पेटको रोगबाट पीडित छन् । ग्यास्ट्राइटिस, एसिडिटी र पेट दुख्ने समस्या अहिले सामान्य बनेको छ । पेटका यस्ता समस्या लामो समयसम्म चलिरहेमा गम्भीर रोगका लक्षण हुन सक्ने कुरामा पनि ध्यान दिन जरुरी छ । लामो समयसम्म पेट खराब भइरहेमा पेप्टिक अल्सर हुन सक्छ । यस समस्यालाई ध्यान नदिएमा पेटमा ब्लिडिङ इन्फेक्सन (रगत बग्ने) र क्यान्सरको आशंका बढ्छ । पेट खराब हुँदा पेटको तल्लो भाग दुख्न थाल्छ । यस्तो अवस्थामा रोग्र प्रतिरोध क्षमता कमजोर हुन्छ, जसमा बाउल (आन्द्रा)को रोगको खतरा बढेर जान्छ ।

लामो समयसम्म पेट बिग्रिरहने भएमा हेमोरोइड्स अर्थात् मलद्वारका रक्तनली सुन्निने समस्याजस्तै पाइल्स, फिसर तथा फिस्टुला हुन सक्छ । पाचन प्रक्रिया गडबढ भएपछि पखाला चल्ने समस्या उत्पन्न हुन्छ । लामो समयसम्म पेटमा खराबी उत्पन्न भएमा पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थमा कब्जियत हुन सक्छ । पेटमा खराबी भएका कारण पेटको तल्लो भागमा दुखाइ र ज्वरो आउने हुन्छ । उमेर बढ्दै जाँदा यसको खतरा पनि बढ्दै जान्छ । पेट खराब भएपछि आवश्यकभन्दा बढी एसिड बन्न थाल्छ । लामो समयसम्म एसिड (अम्ल) रहिरहेमा ग्यास्ट्रिक रिफ्लक्सको समस्या हुन थाल्छ ।

सेकेन्ड बे्रन
धेरैलाई अचम्म लाग्न सक्ने कुरा के भने मानव शरीरमा अर्को पनि बे्रन छ, पेटमा । जसलाई सेकेन्ड बे्रन भन्ने गरिन्छ । लगभग १० करोड स्नायुकोषले बनेको यो सानो सेकेन्ड बे्रन (इन्टेरिक नर्भस सिस्टम, छोटकरीमा ईएनएस) निकै स्मार्ट र इन्टेलिजेन्ट छ । यो बे्रन पाचनप्रणालीको नियमन तथा नियन्त्रण गर्न उत्तरदायी हुन्छ । यही सेकेन्ड बे्रनले नै भोक तथा तिर्खा लागेको तथा अगाएको सूचना बिग बे्रन कहाँ पठाउने गर्छ । वास्तवमा सेकेन्ड बे्रन र बिग ब्रेनले दोहोरो ट्राफिकका रूपमा कार्य गर्छन् । त्यसैले पेटमा कुनै समस्या पैदा भएको खण्डमा मस्तिष्क अनि पूरा शरीर नै प्रभावित हुन्छ ।

मानवको पेटमा अर्को पनि बे्रन छ, जसलाई ‘सेकेन्ड बे्रन’ भनिन्छ

सेकेन्ड ब्रेनले ३० भन्दा बढी स्नायु रसायन प्रयोग गर्छ । ९५ प्रतिशत सेरोटोनिन त सेकेन्ड बे्रनमा नै हुने गर्छ । स्नायुकोषका साथै सेकेन्ड बे्रनमा १ सय अर्बभन्दा बढी ब्याक्टेरियाले घर बनाएर बसेका हुन्छन् । जसले मानिस जन्मेदेखि नै हरेक क्षण मानिसको व्यवहारमा प्रभाव पार्छन् । पाचनप्रणाली केवल शारीरिक स्वास्थ्यका लागि महत्वपूर्ण नभएर मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले पेट ठीक छ भने मुड पनि ठीक हुन्छ । वास्तवमा मानसिक स्वास्थ्यमा पेटले महत्वपूर्ण भमिका निभाउँछ ।

यसबाट के प्रस्ट छ हुन्छ कि मानसिक रोग केवल मनमस्तिष्कसँग मात्र सम्बन्धित हुँदैन, पेटसँग पनि सम्बन्धित हुन्छ । त्यसैगरी, मनमस्तिष्कमा पैदा हुने विचार तथा भावनाले पेटमा प्रभाव गर्छ । अधिकांश पेटका रोग जस्तैः अपच, अम्लपित्त तथा ग्यास्ट्राइटिस आदि तनाव, चिन्ता तथा डिप्रेसन आदिका कारण पैदा हुन्छ ।

बढी मानसिक चिन्ता, तनाव, उद्धेग, तथा शोक आदिजस्ता मानसिक विकारले एसीडीटी जस्ता पेटका रोग बढाउन सहयोग गर्छ । ईष्या, द्वेष, क्रोध, तनाव, व्यग्रता, अनावश्यक र अति चिन्ता, यस्ता मनोविकार हुन्, जसले पाचनप्र्रणालीलाई प्रभावित पारेर आमाशयस्थित ग्यास्ट्रिक ग्यान्डलाई बढी उत्तेजित बनाइ बढी एसिड पैदा गर्न सहयोग गर्छ । अर्को कुरा मानसिक कारणले नभई गलत आहारविहारका कारण पेटको समस्या देखापरेको छ भने पनि त्यसले मानसिक समस्या जस्तै बैचनी, चिन्ता तथा चिडचिडापन पैदा गर्न सक्छ ।

पेट स्वस्थ राख्ने उपाय
मानिसको स्वास्थ्यमा पेट अर्थात् पाचन प्रणालीको महत्वपूर्ण भूमिका रहन्छ । पाचन प्रणाली स्वस्थ भएको खण्डमा पूरा शरीर नै स्वस्थ रहन्छ । पेटलाई स्वस्थ र मजबुत बनाउन उचित आहारविहारको आवश्यक पर्छ । खाली पेट चियाकफी पिउनाले धेरै मानिसलाई पेटको समस्या देखापर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै खाली पेट चिया होइन कि एक÷दुई गिलास पानी पिउनुपर्छ । पानी एसिडलाई साम्य पार्ने एक महत्वपूर्ण पदार्थ हो । त्यसैले दिनभरिमा २ लिटर पानी पिउने बानी बसाल्नुपर्छ । नरिवल पानी तथा एलोबेरा (घृतकुमारी)को जुस पनि एसीडीटीजस्ता पेटका लागि निकै उत्तम मानिन्छ । पेटको समस्याबाट छुटकारा पाउन चियाकफी छोड्नुपर्छ । जानकारीका लागि यहाँ स्वास्थ्यका लागि सेवन गर्न नहुने (अपथ्य) र सेवन गर्न हुने (पथ्य) पदार्थहरू उल्लेख गरिएको छ ।

Apathya (उपभोगको लागि अयोग्य)
वेसन तथ मैदाका परिकार, कचौडीपकौडी, जेरीपुरी, हलुवा, समसा, पिज्जा, बर्गर, डोसा, इडली, चियाकफी, कोल्डड्रिंक्स, मासको दाल, चना, अरहरको दाल, गर्म मसला, बैगुन, आलुगोपी, अमिलोपिरो, अचार, बढी चिल्लो, पिरो र मसालेदार परिकार, दही, धूमपान, मद्यपान, निकै तातो र बासी पदार्थ, बढी खाना । बेठीक समयको खाना । हतारहतारमा राम्रोसँग नचबाइकन खाना खाने, खानासँग पानी खाने बानी । जंकफुड । फास्टफुड । मानसिक तनाव, क्रोध तथा शोक । आलस्य । अनावश्यक कामको बोझ । समाजिक निष्क्रियता ।

आहार (उपभोग गर्न खानेकुराहरू)
चोक्करयुक्त आटाको रोटी, रेसादार, पत्तावाला तथा हरियो सागसब्जी, लौका, परवल, फर्सी, काँक्रो, चौलाइ, पालुंगो, अकुंरति अन्न, दलिया, खिचडी, अनार, किसमिस, मुनक्का, मुगको दाल, गुलियो तथा चिसो पदार्थ, पेठा, अमला तथा स्याउको मुरब्बा, शुद्ध र ताजा भोजन, ठीक समयको खाना, आरामले खानालाई राम्रोसँग चबाएर खाने बानी, विश्राम, सकारात्मक सोच, प्रेमपूर्ण जीवन, बिहानको हिँडाइ, योग, ध्यान तथा व्यायाम, खेलकुद, समाजिक सक्रियता ।

ठीक समयमा खाना नखाने तथा उचित भोजन तथा शारीरिक व्यायाम आदि नगर्नाले एसिड उत्पन्न हुन्छ

पेटलाई स्वस्थ राख्न प्राकृतिक चिकित्सा तथा योग आसनको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक चिकित्सामा पेटका लागि कुन्जर क्रिया अति नै महत्वपूर्ण मानिन्छ । कुन्जरक्रियाले आमाशयमा जम्मा भएको अम्ल, पित्त तथा विषाक्त पदार्थबाहिर फ्याँक्न सहयोग गर्छ । यसैगरी, कपालभाती प्राणायाम तथा बज्रासन, पवनमुक्तासन तथा भुजांगासनजस्ता आसन पेटको स्वास्थ्यमा निकै लाभकारी मानिन्छन् । त्यसैले कुन्जरक्रियाद्वारा पेट सफा गर्ने, योगासन गर्ने तथा उचित आहारविहार पालना गर्ने हो भने पेट तथा पचानप्रणाली स्वस्थ रहन्छ, जसले गर्दा प्रचानप्रणालीका समस्याबाट मात्र होइन मानसिक समस्याबाट समेत मुक्ति मिल्न सक्छ ।

पेटको मनोविज्ञान
मानिसमा लाग्ने रोग साधारणतया दुई किसिमका छन्, एक शारीरिक रोग र अर्को मानसिक रोग । तर, रोग लागेका अधिकांश मानिस जतिसुकै राम्रा औषधि सेवन गर्दा पनि रोगबाट पूर्णरूपमा छुटकारा प्राप्त गर्न सकिरहेका हँदैन । औषधि सेवन गर्दासम्म उनीहरूलाई लाभ हुन्छ अनि फेरि जस्ताको तस्तै । यसको मूल कारण रोगको मनोवैज्ञानिक पक्षलाई नजरअन्दाज गर्नु हो । पेटका रोग बढाउनमा मनोवैज्ञानिक कारणको निकै ठूलो भूमिका रहन्छ । त्यो ’trigger पेटको समस्या केवल पेटसँग मात्र सम्बन्धित नभएर मनमस्तिष्कसँग पनि सम्बन्धित हन्छ । जस्तो कि एसीडीटी मानसिक चिन्ता र तनावले पनि पैदा हुन्छ ।

ठीक समयमा खाना नखाने तथा उचित भोजन तथा शारीरिक व्यायाम आदि नर्गनाले पनि उत्पन्न हुन्छ । यहाँ हेक्का राख्नुपर्ने कुरा के हो भने ठीक समयमा पथ्य भोजन नगर्ने, व्यायाम आदि गर्न आलस्य गर्ने कुरा सिधै मनमस्तिष्कसँग सम्बन्धित हुन्छ । त्यसैले मनोवैज्ञानिक पक्षलाई सम्बोधन नगरिकन पेटका रोगबाट छुटकारा प्राप्त गर्न सकिँदैन । त्यसै गरी कतिपय मानिस औषधि खाँदाखाँदा पनि मानसिक रोगबाट ठीक भएका हुँदैनन्, यसको कारण पेट हुन सक्छ । त्यसैले चिकित्सकले रोगको उचार गर्दा मन र शरीरलाई ध्यान दिनुपर्छ । बिग बे्रन र सेकेन्ड बे्रन दुवैलाई ख्याल गर्नुपर्छ । वास्तवमा उपचार होलिस्टिक हुनुपर्छ ।

पुछारमा
अतः पेट तथा पाचन प्रणाली स्वस्थ भए खाएपिएको पदार्थ राम्रोसँग पच्छ, शरीरमा लाग्छ, मानिस शारीरिक रूपमा मात्र होइन सम्पूर्ण रूपमा स्वस्थ हुन्छ । त्यसैले पेटको महत्व बुझौं र स्वस्थ जीवन बाँचौं ।

(90 पटक भ्रमण गरिएको, आज 90 पटक भ्रमण गरिएको)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here