Home नेपाल समाचार अझै छैन विद्यालयमा रमाइलो वातावरण ! : RajdhaniDaily.com

अझै छैन विद्यालयमा रमाइलो वातावरण ! : RajdhaniDaily.com

0
अझै छैन विद्यालयमा रमाइलो वातावरण ! : RajdhaniDaily.com

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले मुलुकभरिका सामुदायिक माध्यमिक विद्यालयहरूको विद्यालयस्तरीय कार्यसम्पादन परीक्षण गर्दै आएको छ । आर्थिक वर्ष २०६८÷०६९ देखि सुरु गरिएको सो परीक्षण हालसम्म ६८ जिल्लाका ५ हजार ४ सय ९९ विद्यालयमा सम्पन्न भइसकेको केन्द्रले जनाएको छ । यस वर्ष पनि सो केन्द्रले चार जिल्लाका ४ सय ५२ सामुदायिक विद्यालयका लागि सो परीक्षण सञ्चालन भइरहेको छ । आगामी आवमा बाँकी पाँच जिल्लाका करिब ६ सयवटा विद्यालयको परीक्षण सकी एकमुुष्ठ रूपमा सोको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुुझाउने सो केन्द्रको कार्यक्रम रहेको छ ।

नेपाल सरकारका अवकाशप्राप्त उपसचिव तथा सहसचिवहरू विज्ञका रूपमा सम्मिलित सो परीक्षणको आंशिक प्रतिवेदनलाई हेर्दा भर्ना भएका विद्यार्थीमध्ये केहीले कक्षा पूरा गर्नसकेको देखिँदैन । कक्षा ५ र ८ को औसत सिकाइ उपलब्धि पनि न्यून देखिन्छ । केन्द्रले सार्वजनिक गरेको एक तथ्यांकनुसार शैक्षिक वर्ष २०७५÷०७६ को कक्षा ५ को नेपाली विषयको औसत सिकाइ उपलब्धि ४६ प्रतिशत देखिन्छ भने कक्षा ८ को सोही विषयको उपलब्धि ४८ प्रतिशत देखिन्छ । कक्षा ५ को सो सालको गणित विषयको सिकाइ उपलब्धि ४८ प्रतिशत देखिन्छ भने सोही विषयमा कक्षा ८ को ३५ देखिन्छ ।

विद्यालयले वर्षमा २ सय २० दिनभन्दा बढी पठनपाठन गराएको बताएका छन् । यतिका दिनसम्म पढाउँदा र पढ्दा पनि किन विद्यार्थीले ५० प्रतिशत अंक ल्याउन सक्दैनन् ? यसका धेरै कारण होलान् र यी कारणहरूमध्ये एउटा कारण हो हाम्रा विद्यालय बालमैत्री नहुनु । हाम्रो पठनपाठन बेलमैत्री नहुनु र हाम्रो सिकाइ परम्परागत हुनु । तसर्थ, सिकाइलाई बालमैत्री बनाउन जरुरी मात्र होइन ढिला नै भइसकेको छ । सरोकारवालाको अबको ध्यान त्यसतर्फ पनि जानुपर्ने देखिन्छ ।

केहो बालमैत्री विद्यालय ?
बालमैत्री विद्यालय भन्नाले बालबालिकाले आफ्नो क्षमतानुसारको गतिमा रमाइलोसँग सिक्नपाउने वातावरण भएको विद्यालयलाई बुझाउँछ । बालमैत्री विद्यालयको अवधारणाले बालकेन्द्रित शिक्षण सिकाइलाई बालअधिकारका रूपमा स्थापित गर्ने तथा गुणस्तरीय शिक्षाका अन्य पक्षहरूसँग प्रत्यक्ष सरोकार राख्छ । बालबालिकाका रुचि, स्तर तथा क्षमतामा आधारित भई निर्धारित समय, सीमा तथा उपलब्ध स्रोत, साधन र क्षमताको प्रयोगबाट सिकाइलाई सहज गराउँछ । बालकको शारीरिक, मानसिक एवं संवेगात्मक पक्षसँग चासो राखी मनोवैज्ञानिक सिकाइमा जोड दिन्छ । यी विविध पक्षसँगै गुणस्तरीयताको कुरा शिक्षाको हरेक आयाममा सँगसँगै आउने गर्छन् ।

गुणस्तरीयताका विभिन्न मापदण्डहरूमध्ये बालमैत्रीपन पनि एक हो । यस्तो विद्यालयमा बालबालिकालाई आफ्नो गति र क्षमतानुसार रमाइलोसँग सिक्ने वातावरण भएको हुन्छ । प्रत्येक विद्यार्थीहरूले आफूलाई भौतिक रूपमा सुरक्षित, संवेगात्मक रूपबाट संरक्षित, मनोवैज्ञानिक रूपले सक्षम र बलियो महसुस गराउने वातावरण प्राप्त गरेका हुन्छन् ।

आवश्यकता
कक्षा १ मा भर्ना भएका बालबालिकाहरूमध्ये कतिजनाले सम्बन्धित तहको पढाइ पूरा गरे भनेर हेर्दा हामीकहाँ कक्षा उत्तीर्ण दर एकदमै न्यून देखापर्छ । एक सरकारी तथ्यांकनुसार कक्षा १ मा भर्ना भएका बालबालिकाहरूमध्ये १० कक्षामा पुग्दा ३७ दशमलव ९ प्रतिशतले मात्र विद्यालयको पढाइ पूरा गर्ने गरेको देखिएको छ । अर्थात् १ देखि १० कक्षाको टिकाउ दर ३७ दशमलव ९ प्रतिशत मात्र देखिन्छ । कक्षा १ देखि ५ मा नै पनि कक्षा छोडने दर ३ दशमलव ९ प्रतिशत र कक्षा दोहो¥याउने दर ७ दशमलव ६ प्रतिशत देखिन्छ । आखिर किन हुन्छ त यस्तो ? कारण के हो ? खोजको विषय बन्न पुगेको छ ।

बालमैत्री पठनपाठन नहुँदा वर्षभरि २ सय २० दिन पढाउँदा पनि विद्यार्थीले ५० प्रतिशत अंक ल्याउन सकेका छैनन्

अर्को शब्दमा विद्यार्थी टिकाउ दर हामीसँग एकदमै कम छ । कक्षा अनुत्तीर्ण भएर भन्दा पनि विद्यार्थीले बीचैमा पढाइ छोडेर यस्तो हुन गएको हो । ’trigger हामीकहाँ उदार कक्षोन्नति नीति लागू भएको छ । यसाई ‘नो फेल’ सिस्टम पनि भनिन्छ । यस नीतिनुसार निर्माणात्मक मूल्यांकन प्रक्रिया अपनाई कमजोर विद्यार्थीलाई पनि उसको अपुरो सिकाइ उपलब्धि पूरा गराउन शिक्षकले थप मिहिनेत गर्छन् । यसैले, टिकाउ दर कम हुनुका पछाडि विद्यार्थी अनुत्तीर्ण भएकाले गर्दा नभई उसले विद्यालयको पठनपाठन नै छोड्नु नै प्रमुख कारक बनेको छ ।

आखिर किन छोड्छन् त विद्यार्थीले विद्यालय ? यसका पछाडि धेरै कारण हुनसक्छन् । ती धेरै कारणमध्ये बालमैत्री विद्यालयको अभाव पनि एउटा कारण बन्नसक्छ । तसर्थ, विद्यार्थी टिकाउका अनेकानेक उपायमध्ये एउटा उपाय विद्यालयीय वातावरण बालमैत्री बनाउनु पनि हो । नारामा त हाम्रा विद्यालयहरू उहिल्यै बालमैत्री भइसकेका छन् । कतिपय विद्यालयमा त गाजाबाजासहित बालमैत्री घोषणा गरिएका पनि छन् । तर, जसरी खुला दिसामुक्त क्षेत्र भनिएका ठाउँमा जाँदा नाक थुन्नुपर्छ, पूर्ण साक्षर भएका गाउँमा जाँदा जनताले ल्याप्चे लगाएर व्यवहार गरेको हेर्नुपर्छ, त्यही अवस्था रहरमा बालमैत्री घोषणा गरिएका विद्यालयका हकमा पनि लागूू हुँदैन भन्न सकिँदैन ।

बालमैत्रीको मूल मर्म र भावनासँग परिचित भई घोषणा गरिएका विद्यालयहरू एकातिर न्यून छन् भने अर्कोतिर घोषित विद्यालयहरूले पनि बालमैत्रीको न्यूनतम मापदण्ड र सिकाइका आधारलाई पछ्याएका छैनन् । घोषणा गर्ने पक्ष सुरुमा घोषणामै रमायो । पछि यसको अनुुगमन, मूल्यांकनको झमेलातिर लाग्न चाहेन । आज पनि कयौं विद्यालयमा शिक्षकको पिटाइबाट बालबालिकाहरू घाइते, अंगभंग भएका समाचारहरू आइरहेका छन् । यसबाट हाम्रा विद्यालयहरू बालमैत्री छैनन् भन्ने पुष्टि हुन्छ ।

बालअधिकार : बालमैत्रीको आधार
२० नोभेम्बर १९८९ मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा नेपाललगायत विश्वका १ सय ९२ मुलुकद्वारा अनुमोदन गरिएको संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि पारित गरिएको थियो । बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेको थियो । ५४ धारामा व्यवस्थित यस सन्धिले बालअधिकारका सम्बन्धमा व्यवस्था गरेका अधिकारहरू मुख्य रूपमा चारवटा छन् । बाँच्न पाउने अधिकार, विकास गर्ने अधिकार, संरक्षण पाउने अधिकार र सहभागी हुने अधिकार । आजको बालमैत्री विद्यालय यही बालअधिकारको जगमा विकसित भइरहेको छ । सहज रूपमा शिक्षा, स्वास्थ्य, सुरक्षालगायतको प्राप्तिको वातावरण हरप्रकार बालमैत्री नै हुनुपर्ने कुरा विभिन्न दस्तावेजहरूले समेत उल्लेख गरेका छन् ।

यस्ता विद्यालय पो बालमैत्री
घोषणा गर्दैमा वा कसैले बालमैत्री विद्यालय भयो भन्दैमा कुनै पनि विद्यालय एकाएक बालमैत्री बन्नसक्दैन । यसका लागि निश्चित मापदण्डहरू हुन्छन्, जसलाई पूरा गरेर मात्र बालमैत्री विद्यालय बन्नसक्छन् । यसैले, यो नितान्त प्राविधिक पक्ष हो । खासगरी यस्ता विद्यालयमा बालबालिकाहरूले शारीरिक, मानसिक एवं संवेगात्मक रूपले सुरक्षित तथा स्वस्थ वातावरण पाउनुका साथै उनीहरूको रुचि, क्षमता र स्तरको कदर हुन्छ र सोहीनुसार सिकाइका लागि आवश्यक वातावरण एवं पाठ्यक्रमको व्यवस्था हुन्छ । केन्द्रशासित पाठ्यक्रम नभएर स्थानीय पाठ्यक्रमको प्रयोग बढी गरिन्छ । बालबालिकाको सिकाइ उपलब्धिको मूल्यांकन गर्ने पूर्ण जिम्मेवारी शिक्षकको हुन्छ । परीक्षाको डरले भन्दा पनि खेल्दैसिक्दै, रमाउँदै सिक्दै गरेर उनीहरूले सिकाइ उपलब्धि पूरा गरेका हुन्छन् ।

विद्यार्थी परीक्षाको डरले भन्दा पनि खेल्दै, सिक्दै, रमाउँदै गरेर सिकाइ उपलब्धि पूरा गर्ने वातावरण चाहन्छन्

बालबालिकाहरूलाई उनीहरूको जात, लिंग, धर्म, भाषा, आर्थिकस्तर, शारीरिक एवं मानसिक दुर्बलताका आधारमा बिनाभेदभाव विद्यालयमा भर्ना गरिन्छ । यसबाहेक विद्यालयभित्र र बाहिर रहेका बालबालिकाहरूलाई भेदभावरहित व्यवहार गरिन्छ । अर्थात् समुदायका सबै बालबालिकाका लागि सहज पहुँच पुुुुग्नु पनि बालमैत्री विद्यालयको चिनारीको अर्को पाटो हो । पढाइ, लेखाइका अतिरिक्त बालबालिकाहरूको स्वास्थ्य एवं सुुरक्षामा विशेष ध्यान दिइन्छ । नियमित स्वास्थ्य जाँचको व्यवस्था विद्यालयले गरेको हुन्छ । विद्यालयको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन र मूल्यांकनमा बालबालिका, अभिभावक र समुदायलाई प्रत्यक्ष सहभागी गराइन्छ । अपनत्वबोधको अवसर दिइन्छ । विद्यालय बाल क्लबहरू सक्रिय हुन्छन् । कुनै पनि प्रकारका भौतिक, शारीरिक एवं मानसिक दण्ड, सजाय बर्जित हुन्छ र बालबालिकाहरूलाई दुव्र्यवहार र नोक्सानीबाट बचाउने काम निरन्तर रूपमा भइरहेको हुन्छ । यस्ता विद्यालयहरूमा सिकाउनेले सिकाएजस्तो नगरी र सिक्नेले सिकेजस्तो अनुुभूति नगरी सहज तर स्वतस्फूर्त सिकाइ हुन्छ ।

विद्यार्थीहरू
जहाँ बालमैत्री विद्यालय छन्, त्यहाँका विद्यार्थीहरू सहयोगी र व्यावहारिक हुन्छन् । हरेक क्रियाकलापमा सहभागी हुन्छन् । आपसी छलफल सहयोग र अन्तक्र्रियाबाट समस्या समाधान गर्नसक्छन् । उनीहरूको शारीरिक, बौद्धिक तथा संवेगात्मक विकास समानुपातिक ढंगबाट भएको हुन्छ । यस्ता विद्यालयमा आउने सबैजसो बालबालिकाहरू आत्मसम्मान चाहने र आत्मबल बलियो बनाउने खालका हुन्छन् ।

तयारी अवस्थाका शिक्षकहरू
बालमैत्री विद्यालयका लागि शिक्षकहरूको पनि विशिष्ट प्रकारको भूमिका हुन्छ । उनीहरू विद्यार्थीप्रति सदैव उत्सुक र प्रतिबद्ध हुन्छन् । विद्यार्थीहरूलाई क्षमता र चाहनाअनुसार सिकाउने गर्छन् । विद्यार्थीहरूलाई हरेक क्रियाकलापमा सहभागी हुन हौसला प्रदान गर्ने र उनीहरूको विचारको कदर गर्छन् । पूरा तयारीका साथ कक्षाकोठामा प्रवेश गर्छन् । विद्यार्थीहरूको आत्मबल बढ्नेखालका शिक्षण विधिहरू प्रयोग गर्छन् । आफ्नो पेसाप्रति गौरव गर्छन्, आत्म विश्वासी हुन्छन् र कक्षाकोठालाई कर्मथलोका रूपमा लिन्छन् । सबै विद्यार्थीहरूलाई समान व्यवहार गर्छन् । विद्यार्थीहरूलाई कुनै पनि किसिमको सजाय दिँदैनन् । विद्यार्थीको अगाडि नमुना भएर प्रस्तुत हुन्छन् ।

बालमैत्री विद्यालयका अभिभावकहरू
एकपक्षीय ढंगबाट मात्र कुनै पनि विद्यालय बालमैत्री हुनसक्दैन । यसका लागि विद्यार्थीका अभिभावकहरूको पनि सहभागिता र समन्वय चाहिन्छ । यस्ता विद्यालयका अभिभावकहरू विद्यार्थीहरूलाई हेरचाह, माया र आदर गर्छन् । विद्यालयको बैठकमा भाग लिन्छन् । विद्यालयको नीति, कार्यक्रम तथा कार्यान्वयन अभ्यास’bout राम्रो जानकारी राख्छन् । आफ्नो क्षमता र सामथ्र्यनुसार विद्यालयको विकाससँग सम्बन्धित क्रियाकलापहरूमा सहभागी हुन्छन् र सहयोग गर्छन् । आफ्ना बालबालिकाको प्रगति तथा कमी कमजोरी’bout शिक्षक र प्रधानाध्यापकसँग सरसल्लाह लिने गर्छन् । विद्यार्थीको सिकाइमा आप्mनो पनि जिम्मेवारी स्विकार्छन् । विद्यालयप्रति सकारात्मक भावना राख्छन् ।

मुख्य आधार, बाल विकास केन्द्र
आजकल बाबु नानीहरूलाई विद्यालयप्रति आदत बसाल्न र कक्षा छाड्ने दर कम गर्न बाल विकास केन्द्रका कक्षाहरू निकै उपयोगी हुने गरेका पाइएको छ । निजी क्षेत्र (संघ, संस्था, संस्थागत विद्यालय आदि) बाट यसको सुरुवात भए पनि हिजोआज सरकारी विद्यालयहरूमध्ये अधिकांशमा यस्ता कक्षाहरू सञ्चालित छन् । यो निकै सकारात्मक कदम हो । यसबाट के बुुझ्न सकिन्छ भने प्रारम्भिक बाल विकास यस्तो अवस्थाको कक्षा हो, जहाँ विद्यालयप्रतिको बालकको सकारात्मक धारणा बस्नजान्छ । रमाइरमाइ खेलेर पढ्ने, गाउने, नाच्ने वातावरणका कारण उसका लागि घरभन्दा विद्यालय प्यारो लाग्नथाल्छ । पछि कक्षा १ मा भर्ना भएपछि बाल विकासकै शैली र प्रक्रिया अनुसरण गरी अघि बढ्ने हो भने कक्षा छाड्ने दर र तह पूरा नगर्ने दरमा एकदमै कमी आउँछ । सिकाइ उपलब्धि पनि स्वतः वृद्धि हुन्छ । तसर्थ, सबै अभिभावकले आफ्ना बाबुनानीहरूलाई बालमैत्री वातावरण घरबाटै सिर्जना गरिदिनुपर्छ । कक्षा १ मा भर्ना हुने समय (४ वर्ष) भन्दा पूर्व बालविकास केन्द्र तथा बालविकास कक्षामा भर्ना गराउन जरुरी छ ।

(१० पटक भ्रमण गरियो, आज १० पटक)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here